
यसै क्रममा पाँचथरका अतिसंवेदनशील र संवेदनशील मतदान स्थलमा सुरक्षा निकायको टोली पठाइएको छ ।
२० वटा अतिसंवेदनशील र ६६ वटा संवेदनशील मतदान स्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली पठाइएको सुरक्षा समिति पाँचथरका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईंले जानकारी दिए ।
पाँचथरमा ८ सय ६२ जना म्यादी प्रहरी र ७ सय १९ नेपाल प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले बताए ।
१ सय मतदान स्थल र १ सय ६५ मतदान केन्द्र रहेको जिल्लामा १ लाख २५ हजार २ सय १९ मतदाता छन् ।
प्रतिक्रिया दिनुहोस्