
कविराज घिमिरे/ईमेज:
धनकुटा । धनकुटाको उच्च क्षेत्रमा हिउँ खेल्न पर्यटकको भीड लागेको छ । हिजो दिउँसो परेको हिउँ खेल्न आज बिहानैदेखि आन्तरिक पर्यटकको लर्को लागेको छ ।
धनकुटाको हिलेभन्दा माथिल्लो क्षेत्र त्रिसुले गुरासे जोरपाटी लगायतको स्थानमा पाँच फिटसम्म हिउँ परेको थियो ।
आज मौसम खुल्ला भएका कारण बिहानैदेखि धनकुटासहित धरान इटहरी विराटनगरलगायत तराई क्षेत्रवाट पर्यटक यहाँसम्म आइपुगेका हुन् ।
हिउँले ढाकिएको डाँडाँहरुमा फोटो तथा सेल्फी खिँच्नेको भीड लागेको छ ।
धनकुटामा करिब एक दशकपछि हिउँ परेको हो । जिल्लाको करिब १५ सय मिटर माथिका अधिकांश स्थानमा हिउँ परेको छ ।
धनकुटा नगरपालिका वडा नम्बर १ निगालेदेखि हिले, जोरपाटी, सिँधुवा, चित्रे, पाख्रिवाससम्मको भाग हिउँले ढाकिएको छ । खाली डाँडा हिउँले ढाकिएर सेताम्मे बनेका छन् ।
हिउँ परेसँगै उच्च क्षेत्रका बासिन्दा खुशी भएका छन् । हिउँले माटो मलिलो बनाउने र बालीनाली सप्रिने किसानहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्