६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


हुम्लाका मतदाता भन्छन्: विकासवादी सोच भएका उम्मेदवारलाई मत दिन्छौं


0
Shares

मंसिर १० गते पहिलो चरणमा निर्वाचन हुने हुम्लामा विभिन्न राजनीतिक दलका उम्मेदवारले प्रचारप्रसारलाई तिव्रता दिंदै मत मागिरहेका बेला मतदाताले भने विकासवादी सोच भएकालाई मात्र मतदान गर्ने बताएका हुन् ।

उनीहरुले यसअघि उम्मेदवारहरुले धेरै आश्वासन दिएर पनि विकासका पूर्वाधारसमेत विकास गर्न नसकेकोमा आक्रोस व्यक्त गर्दै समग्र कर्णालीको विकासलाई प्राथमिकता दिन माग गरेका छन् ।

प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई वटा निर्वाचन क्षेत्र रहेको हुम्लामा २७ हजार ४ सय ३५ मतदाता छन् ।

प्रतिनिधिसभातर्फ ७ जना, प्रदेश सभा क्षेत्र नं क मा ३ तथा ख मा ३ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै छ ।