
डडेल्धुरा । डडेल्धुराको सदरमुकाम बागबजारस्थित एक पसलमा हिजो साँझ आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
लक्ष्मी किराना पसलमा लागेको आगलागीबाट १५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।
बन्द गरिएको पसलमा आगो लागेकाले त्यसको कारण भने थाहा हुन सकेको छैन ।
११ वर्षअघि पनि सोही पसलमा आगलागी लागेको थियो ।
अमरगढी नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सक्रियतामा आगलागी समयमै नियन्त्रणमा लिइएकाले अन्य घरमा क्षति हुन नपाएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्