१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


स्वर्गीय राजा वीरेन्द्रको ७४औं जन्मजयन्ती मनाइँदै


0
Shares

काठमाडौं । स्वर्गीय राजा वीरेन्द्रको ७४औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ ।

वि.स २००२ साल पुस १४ गते जन्मिएका राजा वीरेन्द्रको २०५८ साल जेठ १९ गते नारायणहिटी हत्या काण्डमा ज्यान गएको थियो ।

तत्कालिन रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतिलगायतको हत्या भएको नारायणहिटी हत्याकाण्ड भने अझै रहस्यमय छ ।

राजा वीरेन्द्रले २०४६ सालको जनआन्दोलनपछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गर्नुभएको थियो । त्यसपछि देशमा बहुदलीय व्यवस्था आएको थियो ।

नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवि बनाएका वीरेन्द्रलाई जनप्रेमी राजाका रुपमा पनि चिनिन्छ ।