१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


शान्तिको कामना गर्दै विश्व ओमकार दिवस मनाइँदै, महामन्त्र पाठ गरिदैं


0
Shares

काठमाडौं । विश्व शान्तिको कामना गर्दै नेपालमा पनि आज विश्व ओमकार दिवस मनाइएको छ ।

नेपाल जैन परिषद्ले आज काठमाडौंमा एक कार्यक्रम गरी सामाजिक सद्भावबाट शान्तिको सन्देस विश्वभर पुर्‍याउन सकिने भन्दै आफैंबाट शुरुवात गर्न अपिल गरेको छ ।

विश्वमा बढ्दै गएको हतियारको होडबाजीले मानव समाजलाई अशान्तितर्फ धकेलेको भन्दै विश्वभरका जैन धर्मवालम्बीले महामन्त्र पाठसहित शान्ति र एकतामा जोड दिएको छ ।

‘हत्या, हिंसाको अन्त्य, मानव एकताको मन्त्र’ भन्ने सन्देश दिन उनीहरुले विभिन्न समयमा महामन्त्र पाठ र श्रवण गर्ने गर्दछन् ।

विश्व ओमकार दिवसले सबै धर्मावलम्बीको मेलमिलापसँगै एकताको सन्देश दिएको कार्यक्रमका संयोजक सुभाष जैनले बताए ।

सामूहिक मानव एकताको परिकल्पना जैन धर्मवालम्बीले गरेको नेपाल जैन परिषद्का अध्यक्ष फूलकुमार लालवाणीले बताए ।

यसअघि विश्व ओमकार दिवसका अवसरमा प्रभातफेरीसमेत निकालिएको थियो ।