२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


श्रीलंकामा बौद्ध र मुस्लिम समूदायबीच हिंसात्मक झडप, कयौं घाइते


0
Shares

हिंसात्मक क्रियाकलापको कारण शुक्रबार रातिबाट लगाइएको कर्फ्यु शनिबार खुला गरिएको बताइएको छ ।

गल्ले जिल्लाको ६ ओटा इलाकामा कर्फ्यु लगाइएको र कम्तीमा १९ जना पक्राउ परेको श्रीलंकाली प्रहरीले शनिबार जानकारी दिएको छ ।

कर्फ्यु हटाइएपनि सुरक्षाको दृष्टिकोणबाट सम्वेदनशिल मानिएका ती इलाकाहरुमा कडा सुरक्षा व्यवस्था गरिएको समाचारमा बताइएको छ ।

शुक्रबार बेलुकाबाट बौद्धधर्मावलम्बी र मुसलमान समूदायबीच भएको विवाद चर्किदै गएपछि झडपको अवस्था आएको हो ।

झडप भएका ठाँउहरुमा सयौंको संख्यामा सुरक्षा अधिकारीहरु तैनाथ रहेका छन् । दुई समू्हबीच भएको विवादको केही समयपछि हिंसात्मक झडपमा परिणत भएको बताइएको छ ।

झपडमा परी कयौं व्यक्तिहरु घाइते भएका र स्थानीय भवनहरु पनि क्षतिग्रस्त भएका समाचारमा जनाइएको छ । (रासस/सिन्ह्वा )