
आयोगले शान्तिपूर्ण ढंगबाट निर्वाचन प्रचार–प्रसारको व्यवस्था मिलाउनसमेत सरकारसँग आग्रह गरेको छ ।
आयोगका प्रवक्ता नवराज ढकालले सुरक्षा चुनौती थपिएपनि निर्वाचन कार्यक्रम प्रभावित गर्ने तहमा नभएको बताए ।
शनिबार हामीसँग कुरा गर्दै प्रवक्ता ढकालले उम्मेदवारमाथि एकपछि अर्को गर्दै भएका आक्रमणले निर्वाचनमा सुरक्षा चुनौती थपिएको भन्दै वातावरण बनाउन सरकारलाई आग्रह गरे ।
निर्वाचन सामग्रीको सुरक्षामा आयोग चनाखो रहेको पनि उनले बताए ।
पछिल्ला दुई दिनमामात्रै प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारलाई लक्षित गर्दै देशका थुप्रै स्थानमा बम विस्फोट भएका छन् ।
प्रतिक्रिया दिनुहोस्