
शनिबार दिउँसो मतदाता शिक्षाका लागि खटिएका महिला कर्मचारीको साथबाट उनीहरुले नमुना मतपत्रसहितका प्रचार सामग्री लुटेका हुन् ।
स्थानीय याङम्याङको जंगलमा घेरा हाली सामग्री जबर्जस्ती खोसेर च्यातेको मतदाता शिक्षा कार्यकर्ता निरमाया शाहीले बताइन् । वडा नम्बर ३ को प्रभा मावि मतदान केन्द्रका निरमाया शाही, सुमित्रा शाही र वडा नम्बर ४ जन मावि, झिम्पा मतदान केन्द्रका राधिका शर्मा र सुमित्रा पौडेलको साथबाट सामग्री लुटिएको हो ।
मतदाता शिक्षाका सामग्री लुट्ने व्यक्तिले आफूहरु चुनाव विरोधी शक्ति ‘विप्लब’ समूहका भएको बताएका थिए । आगामी दिनमा मतदाता शिक्षा कार्यक्रम चलाएमा कारबाही गर्ने चेतावनी दिएको मतदाता शिक्षा कार्यकर्ता शाहीले बताइन् ।
मतदाता शिक्षा सामग्री खोसेर च्यातेपछि उनीहरु भागेका थिए । घटनालगत्तै प्रहरी चौकी झिवाखोलाको टोली त्यसक्षेत्रमा खटिएको जनाइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्