१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


पाँचथरमा बाक्लो हिमपात, घरबाहिर निस्कनै समस्या


0
Shares

जितेन्द्र भण्डारी (इमेज)

पाँचथर, पुस १३ । पूर्वी पहाडी जिल्ला पाँचथरका विभिन्न स्थानमा हिमपात हुँदा जनजीवन प्रभावित बनेको छ ।

पाँचथरको मेचीराजमार्गअन्तर्गत् पौवाभन्ज्याङ, राँके, लालीखर्क, कान्छी दोनकानलगायतका स्थानमा शुक्रबार डेढ फिटजति बाक्लो हिउँ पर्दा जनजीवन प्रभावित बनेको हो ।

हिउँ परेपछि त्यस ठाउँका स्थानीयवासी घरबाहिर निस्कन सकेका छैनन् ।

सडकमा हिमपात भएपछि सवारीसमेत चिप्लेर दुर्घटनाको जोखिम बढेको छ ।

हिमपात भएपछि बालबालिका र वृद्धवृद्धालाई समस्या भएको छ ।