
प्रदेश र प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरु मत माग्न लाङटाङ नपुगेका कारण निर्वाचनको माहोल बन्न नसकेको हो ।
२०७२ सालको भूकम्पले क्षतबिच्छेद भएको यो गाउँमा अहिलेसम्म कुनै पनि उम्मेदवार मत माग्न नपुगेको स्थानीय बताएइका छन् ।
भौगोलिक बिकटता भए पनि पर्यटकीय गन्तव्यको रुपमा विकास भएको लाङटाङमा सडक सञ्जाल नभएकाले उम्मेदवारहरु पुग्न नसकेको बताइएको छ ।
सदरमुकाम धुन्चेबाट दुई दिनको पैदल यात्रामा पुगिने यो स्थानमा २ सय ९२ जना मतदाता छन् ।
प्रतिक्रिया दिनुहोस्