
उम्मेदवारहरुले चुनावी सभा र घरदैलो कार्यक्रमलाई आक्रामक बनाएका हुन् । म्याग्दीमा विभिन्न दलका १३ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएको भए पनि लोकतान्त्रिक र वामगठबन्धनका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।
स्थानीय आवश्यकता र विकासका मुद्दालाई अघि बढाउने प्रतिबद्धतासहित उम्मेदवारहरू भोट माग्दै घरदैलो पुगेका छन् ।
लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खमवीर गर्वुजा र लोकतान्त्रिक गठवन्धनकै प्रदेश सभा ‘क’का उम्मेदवार राप्रपाका केन्द्रीय सदस्य एवम् पूर्व राज्यमन्त्र भीमप्रसाद गौचन उत्तरी म्याग्दीको घारमा घरदैलो अभियानमा व्यस्त छन् ।
त्यसैगरी वामगठवन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य भूपेन्द्रवहादुर थापा र प्रदेश सभा ‘क’ का उम्मेदवार नेकपा माओवादी केन्द्रका विनोद केसी पनि उत्तरी म्याग्दीकै दोवा, भूरुङतातोपानीलगायतका गाउँमा चुनावी प्रचारमा व्यस्त छन् ।
प्रतिनिधि सभाको १ र प्रदेश सभाको २ वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ७५ हजार ५ सय ३८ मतदाता रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्