
जिल्लाका ५२ मतदान केन्द्रका लागी खटाइएका कर्मचारीहरु आवश्यक पर्ने सामग्री बुझेर जान थालेका हुन् ।
मंसिर ७ गतेभित्र मतदान केन्द्रमा सबै कर्मचारी पुगि सक्नुपर्ने भएकाले टाढाका मतदान केन्द्रमा कर्मचारी जान थालेको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ ।
भौगोलिक विकटताका कारण कतिपय मतदान केन्द्रमा पुग्न ३ दिन पैदल हिड्नुपर्ने भएकाले पनि कर्मचारीहरु आजबाटै मतदान स्थलतर्फ लागेका हुन् ।
निर्वाचनका लागि जिल्लामा ३ सय ९३ जना कर्मचारी खटाइएको छ । मतदाता संख्याका आधारमा पाँच सयसम्म मतदाता रहेका मतदान केन्द्रमा ७ जना र सोभन्दा बढी मतदाता भएका केन्द्रमा ८ जना कर्मचारी खटाईएको छ ।
उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिमलाई मध्यनजर गर्दै नेपाली सेनाको हेलिकोप्टरका लागी पहल भैरहेको र जिल्लाको शान्ति सुरक्षाको स्थिति सामान्य रहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्