१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


नेपाल वायु सेवा निगमले हिरक जन्मोत्सवमा प्रभातफेरि


0
Shares

काठमाडौं, असार १६ । नेपाल वायु सेवा निगमले आफ्नो हिरक जन्मोत्सवका अवसरमा आज विहानै प्रभातफेरि निकालेको छ ।

निगमको केन्द्रीय कार्यालय न्यूरोडबाट निकालिएको प्रभातफेरिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, महाप्रबन्धक सुगतरत्न कंसाकारलगायत निगममा पदाधिकारी र  कर्मचारीहरुको उपस्थिति थियो ।

सन् १९५८ जुलाई १ अर्थात् विक्रमसंवत् २०१५ सालमा स्थापित तत्कालिन शाही नेपाल वायुसेवा निगमले आफ्नो पहिलो सेवा डकोटा जहाज उडाएर शुरु गरेको थियो । नेपाल वायुसेवा निगम नेपालको राष्ट्रिय ध्वजावाहक विमान सेवा कम्पनी हो ।