५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


सिन्धुपाल्चोकका चारओटा मतदान केन्द्रमा महिला कर्मचारीमात्रै


0
Shares

बुधबार जिल्लाका २८५ ओटै मतदान केन्द्रका लागि कर्मचारी खटाउँदै ती दुई ठाउँमा भने महिला कर्मचारीमात्रै खटाइएको हो ।

सो नगरपालिकाको वडा नम्बर–६ गौंरातीस्थित सीतादेवी आधारभूत विद्यालयको ‘क’ केन्द्रमा सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेलाई मतदान अधिकृतकोरुपमा खटाइएको छ ।

सोही विद्यालयको ‘ख’ केन्द्रमा भने इन्जिनियर मैना राईलाई मतदान अधिकृतकोरुपमा खटाइएको छ ।

यसैगरी, वडा नम्बर–५ कुभिन्डेको देउरालीस्थित कालीदेवी माध्यमिक विद्यालय ‘क’ केन्द्रमा महिला विकास अधिकृत सीता अधिकारी र ‘ख’ केन्द्रमा विद्यालय स्रोत व्यक्ति खिकादेवी नेपाललाई मतदान अधिकृतकोरुपमा खटाइएको छ ।

ती केन्द्रबाहेकका अरु केन्द्रहरुमा पनि महिला मतदान अधिकृत खटाइएको निर्वाचन कार्यालयका निर्वाचन अधिकारी विजयकुमार कार्कीले बताए ।

निर्वाचन प्रयोजनका लागि ६१ प्रकारका सामानसहित प्रत्येक निर्वाचन केन्द्रमा एक/एकजना मतदान र सहायक मतदान अधिकृतसहित ८ जनाका दरले कर्मचारी खटाइएको छ ।

१४४ मतदानस्थल रहेको जिल्लामा ३१ मतदानस्थल संवेदनशील मानिएको छ ।

प्रतिनिधिसभातर्फ २ र प्रदेशसभातर्फ ४ सिट कायम भएको जिल्लामा २ हजार २८० कर्मचारी खटिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।