
संयुक्त राष्ट्रसंघीय एक अदालतले पूर्वबोस्नियन सर्ब सैन्य कमान्डर रात्को म्लादिकलाई नरसंहार र मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै आजीवन कारावासको सजाय तोकेको हो ।
नेदरल्यान्डस्को हेगस्थित उक्त अदालतले म्लादिकलाई सन् १९९२ देखि १९९५ को बोस्नियन युद्धताका गरिएका ११ मध्ये १० अपराधमा दोषी ठहर गरेको हो ।
अदालतका अध्यक्ष न्यायाधीश अल्फोन्स ओरीको इजलासले फैसला गरेको हो ।
फैसला सुनाउने बेलामा ७४ वर्षीय म्लादिकले इजलासमा आक्रोशित भएर जथाभावी बोलेपछि निष्काशन गरेर फैसला सुनाउनुपरेको थियो ।
म्लादिकलाई तीन वर्ष चलेको हिंसात्मक गृहयुद्धमा कमान्डरकारुपमा सन् १९९५ मा स्रेव्रेनिकामा ८ हजार मुस्लिमको हत्यासहितका युद्ध अपराधमा दोषी ठहर्याइएको हो ।
म्लादिकले भने सबै आरोप अस्वीकार गर्दै आएका छन् । उनका वकिलले फैसलाविरुद्ध अपील गर्ने जनाएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्