५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


गोरखामा उच्च सुरक्षा सतर्कता, ‘हेविवेट’ नेता छान्न मतदातालाई सकस (भिडियो)


0
Shares

मौन अवधि अघि नै सबै मतदाता भेटघाट र प्रचारको काम सकिसक्नु पर्ने समयसीमाका कारण उम्मेदवारहरुलाई कोणसभा तथा मतदाता भेटघाट गर्न भ्याइनभ्याई छ ।

शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न स्थानीय प्रशासनले पनि उच्च सतर्कता अपनाएको छ ।

कूल २ सय १३ मतदान स्थल रहेको गोरखामा अहिले मतदान सामाग्री सहित कर्मचारी र सुरक्षाकर्मी खटाउने काम भइरहेको छ ।

नयाँ शक्तिका डा.बावुराम भट्टराई र माओवादी केन्द्रका नारायण श्रेष्ठबीचको चुनावी प्रतिष्पर्धाले जति गोरखा चर्चामा छ त्यस्तै निर्वाचन सुरक्षालाई पनि त्यतिकै कडा पारिएको छ ।

निर्वाचन सम्पन्न गर्न गोरखामा नेपाल प्रहरी एक हजार ३ सय जना, म्यादी प्रहरी एकहजार ८ सय, एकहजार जना शसस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना परिचालन गरिने गोरखाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत बताउँछन् ।

गोरखाको क्षेत्र नम्बर २ मा लोकतान्त्रिक गठबन्धनका उम्मेवार डा.बावुराम भट्टराई र बामगठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठ चुनावी मैदानमा छन ।

त्यस्तै गोरखाका क्षेत्र नं १ मा लोकतान्त्रिक गठबन्धनबाट चिनकाजी श्रेष्ठ र बामगठन्धनका तर्फबाट हरिराज अधिकारी प्रतिस्पर्धामा छन ।

गोरखा क्षेत्र नं २ मा प्र्रधानमन्त्री भइसकेका डा.बावुराम भट्टराई र उपप्रधानमन्त्री भइसकेका नारायणकाजी श्रेष्ठ मध्ये एकजना छान्नु पर्दा चित्त नबुझेको मतदाता खडानन्द रेग्मीको भनाइ छ ।

कूल १ लाख ८९ हजार ४ सय ४८ मतदाता रहेको गोरखाबाट यो निर्वाचनले प्रत्यक्ष तर्फ २ जना प्रतिनिधिसभा र ४ जना प्रदेशसभा सदस्य निर्वाचित गर्ने छ ।

(भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस)