
निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय रसुवाको संयोजनमा गुरुकुल नाट्य समूह नुवाकोटको संयुक्त प्रस्तुतिमा जिल्ला सदरमुकाम धुन्चेमा मतदाता शिक्षा दिइएको हो ।
दलका, नेता तथा कार्यकर्ताले आ–आफ्नो तरिकाले चुनाव प्रचार–प्रसार गरे पनि नाट्यकर्मीले भने नागरिकले दिएको मत बदर नहोस् भन्ने उद्देश्यले चुनावसँग सम्बन्धित सडक नाटक देखाउंदै हिँडेका छन् ।
जिल्ला निर्वाचन कार्यालयको सहयोगमा मतदातालाई सचेतनामूलक मतदान शिक्षासम्बन्धी सडक नाटक देखाइएको हो । पहिलो चरणमा नै रसुवामा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्