जनकपुर, पुस १२ । अस्थायी शिक्षकको आन्दोलनका कारण प्रदेश नम्बर–२ का सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ ।
अस्थायी शिक्षकहरुलाई विज्ञापनका नाममा सरकारले विस्थापित गर्न खोजेको भन्दै पुनर्बहालीको माग गर्दै उनीहरुले बुधबारदेखि विद्यालय बन्द गरेका हुन् ।
शिक्षक नै आन्दोलनमा उत्रेपछि दुई हजार सामुदायिक विद्यालयमा अध्ययनरत् लाखौं विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ ।
आन्दोलनलाई विभिन्न शिक्षक संगठनहरुलेसमेत समर्थन गरेका छन् ।








प्रतिक्रिया दिनुहोस्