
केही मतदानस्थलमा भने कर्मचारी पुगिसकेका छन् ।
रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले जिल्लाका पाँचओटै गाउँपालिकामा सुरक्षा व्यवस्थासहित निर्वाचनलाई आवश्यक मतपत्रसहितका कर्मचारी मतदानस्थलतर्फ पठाइएको जानकारी दिए ।
निर्वाचनका लागि रसुवामा १ हजार ५३१ सुरक्षाकर्मी र २५६ जना कर्मचारी परिचालन गरिएको छ ।
३४ मतदानस्थल र ४५ मतदान केन्द्र रहेको रसुवामा ३२ हजार ३२३ मतदाता रहेका छन् ।
लमजुङमा पनि आवश्यक निर्वाचन सामग्रीसहित कर्मचारी चुनावमा खटिएका छन् ।
आइतबार हुने निर्वाचनका लागि मतदान अधिकृतसहितको टोली मतदान केन्द्रमा खटिएका हुन् ।
जिल्लाका १ हजार २६६ जना कर्मचारी चुनावका लागि खटिएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए ।
सिन्धुपाल्चोकमा पनि जिल्ला निर्वाचन कार्यालयले आवश्यक सामग्रीसहित कर्मचारीलाई मतदान केन्द्रमा पठाएको छ ।
निर्वाचन प्रयोजनका लागि ६१ प्रकारका सामानसहित प्रत्येक निर्वाचन केन्द्रमा एक/एकजना मतदान र सहायक मतदान अधिकृतसहित ८ जनाका दरले कर्मचारी पठाइएको हो ।
जिल्लामा १४४ मतदानस्थलमा २८५ मतदान केन्द्र कायम गरिएको छ ।
निर्वाचनमा खटिने कर्मचारी र निर्वाचन सामग्रीको सुरक्षामा ध्यान दिँदै ती सबै केन्द्रका लागि जिल्ला निर्वाचन कार्यालयले नै सवारी–साधनको व्यवस्था गरी कर्मचारीलाई पठाएको जिल्ला निर्वाचन अधिकारी विजयकुमार कार्कीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्