
उम्मेदवार पुग्न नभ्याएको ठाउँमा रोबोटले उम्मेदवारको परिचयसँगै विकासका प्रतिबद्धतासमेत अभिव्यक्त गर्दै मत माग्दैै हिँड्ने गर्दछ ।
नेपाली कांग्रेस पाल्पाका उम्मेदवारको प्रचारका लागि ल्याइएको सो रोबोट इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थी शम्भु आचार्य, नवीन क्षत्री, आदर्श मल्ल, अनिल पाण्डे र दीपक विष्टले बनाएका हुन् ।
यसअघि विभिन्न रोबोट बनाइसकेका उनीहरुले चुनाव प्रचारका लागि भने पहिलोपटक बनाएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्