५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


मतदानका लागि धमाधम जिल्लामा फर्कदैं मतदाताहरु


0
Shares

पहिलो चरणअन्तर्गत प्रदेश र प्रतिनिधि सभाको मंसिर १० गते सम्पन्न हुने निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्नका लागि जिल्ला बाहिर रहेका मतदाता धमाधम गाउँ फर्कन थालेका हुन् । मतदातासँगै भोजपुर जिल्लामा जन्मिएर निजामति सेवामा विभिन्न ओहदामा काम गरिसकेका पूर्व कर्मचारीसमेत बर्षौंपछि गृह जिल्ला फर्किएका हुन् ।

यो निर्वाचन कसैलाई सांसद र मन्त्री बनाउनका लागिमात्रै नभएर शान्ति र समृद्धिका लागिसमेत दिशा निर्देश गर्ने भएकाले निर्वाचनलाई उत्सवको रुपमा मनाउनु पर्ने मतदाताको भनाइ छ ।

विगतमा अस्थिर सरकार रहेकाले जिल्ला र समग्र देशमै विकास नभएको भन्दै आगामी निर्वाचनपछि स्थिर सरकार बन्नेमा सर्वसाधारण ढुक्का छन् ।

लामो समयपछि निर्वाचनको अवसरमा आउने जिल्लाका विशिष्ट व्यक्तिहरुलाई जिल्लाबासीले भव्य स्वागत गर्ने गरेका छन् ।