
आयोगले स्थानीय तहको चुनावमा मतदाता परिचयपत्र बुझ्न बाँकी रहेका तथा गत भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएकाहरुलाई मतदाता परिचयपत्र वितरण गर्न शुरु गरेको हो ।
यस्तै नामावली सच्याउन निवेदन दिएकाले पनि आज र भोलि मतदाता परिचयपत्र लिन सक्ने आयोगले जनाएको छ । स्थानीय तहको चुनावमा मतदाता परिचयपत्र लिइसकेकाले भने त्यही परिचयपत्रका आधारमा मतदान गर्न पाउने आयोगले जनाएको छ ।
परिचयपत्र सम्बन्धित मतदान केन्द्रबाट लिन सकिने व्यवस्था गरिएको छ । त्यसका लागि सकेसम्म मतदाता आफैं जानुपर्ने छ । मतदाता परिचयपत्र लिन आफैं जान नसक्ने अवस्थामा परिवारको सदस्य भएको यकिन गरी परिवारका सदस्यलाई परिचयपत्र दिने व्यवस्था गरिएको आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्