
सोक्रममा चाबहिलको लामपोखरी, पशुपति, मित्रपार्क क्षेत्र र बानेश्वरको संगमचोकमा निर्वाचन आचारसंहिताविपरीत सडकमा वारपार गरी टाँगिएका पार्टीका चिन्हअंकित तुल–ब्यानरजस्ता प्रचार सामग्री हटाउने कार्यक्रममा उनी आफैं संलग्न भए ।
अनुगमनकाक्रममा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको टाँगिएका चुनाव चिह्नअङ्कित तुल–ब्यानर र उम्मेदवारको फोटोअंकित फलेक्स हटाइएको थियो ।
जनताको मनोविज्ञानमा दिग्भ्रमित हुनेगरी तथा निर्वाचन आचारसंहिताविपरीत निर्वाचन प्रचार–प्रसार भइरहेको छ भन्ने आमजनताको सिकायतका आधारमा निर्वाचन आयुक्त शाहसहितको टोलीले शुक्रबार अनुगमन गरेको हो ।
टोलीले मीनभवनस्थित प्रयागमार्ग, वसन्तुपरनजिक झोछें, न्यूरोडको पाको र रञ्जनागल्लीमा अस्वाभाविकरुपले प्रदर्शन गरिएका निर्वाचन प्रचार सामग्री तत्काल हटाउन लगाउन स्थानीय प्रशासन र प्रहरीलाई निर्देशन दिएको छ ।
अनुगमनपछि सन्चारकर्मीसँग कुराकानी गर्दै निर्वाचन आयुक्त शाहले यस्ता भद्दाखाले प्रचार–प्रसारका सामग्रीको प्रदर्शनले मतदातालाई दिग्भ्रमित तुल्याउने भएकाले आयोगले तत्काल हटाउन निर्देशन दिएको जानकारी दिए ।
उनले भने–‘निर्वाचन आयोगको सरोकार भनेको मतदाता कुनैपनि किसिमले प्रभावित हुनुहुँदैन, सडक, सहर र चोकमा भएको भद्दा प्रदर्शनले नगरलाई कुरुप बनाउने काम भएको छ, यो सभ्य नागरिकका लागि उपयुक्त देखिन्न ।’
निर्वाचन आचारसंहिताभित्र रहेर प्रचार–प्रसार गर्ने सन्दर्भमा राजनीतिक दल, उम्मेदवार र कार्यकर्ता सचेत हुनुपर्ने आवश्यकतामाथि जोड दिँदै आयुक्त शाहले ‘आचारसंहिताको पालना प्रचार–प्रसारमामात्र नभइ आमसभा र र्यालीमा पनि देखिनुपर्दछ’–भने ।
निर्वाचन आचारसंहिता पालनामा अवज्ञा गरेको खन्डमा आयोगले आगामी दिनमा कठोर निर्णय लिन पछि नपर्ने पनि उनले बताए ।
निर्वाचन आचारसंहिताले आचारसंहिताविपरीतका झन्डा, तुल, ब्यानर सकडको एकछेउबाट अर्काे छेउसम्म टाँग्न निषेध गरेको छ ।
अनुगमनकाक्रममा प्रमुख दलका उम्मेदवारबाट आचारसंहितको ठाडो उल्लंघन भएको पाइएको थियो ।
काठमाडौं उपत्यकामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन दोस्रोचरणअन्तर्गत् मंसिर २१ गते मतदान हुँदैछ ।
आयोगले आगामी दिनमा आचारसंहितको पालनाको विषयलाई निरन्तर निगरानी गर्ने जनाएको छ ।
टोलीमा निर्वाचन आयोगका सहन्यायाधिवक्ता गीता तिमिल्सिना, काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदार शर्मा र काठमाडौंका प्रहरी प्रमुख रवीन्द्र धानुक सहभागी थिए । रासस
प्रतिक्रिया दिनुहोस्