५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


रसुवामा मतदाता परिचयपत्र वितरण थालियो


0
Shares

मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदान केन्द्रबाट परिचयपत्र वितरण गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

स्थानी तहको निर्वाचनपछि मतदाता नामावलीमा नाम समावेश गरिएका चार हजार ४४८ जनाले परिचयपत्र मतदान केन्द्रबाट लिन सक्नेछन् ।

जिल्लामा स्थानीय तहको निर्वाचनमा २७ हजार ८५५ मतदाता रहेकोमा अहिले ३२ हजार ३२३ मतदाता छन् ।

स्थानीय निर्वाचनमा परिचयपत्र लिएकाहरुले भने सोही परिचयपत्र प्रयोग गर्नसक्ने कार्यालयले जनाएको छ ।