५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


मतदाता परिचयपत्र वितरण र मतदाता शिक्षा एकैठाउँमा


0
Shares

निर्वाचनका लागि लमजुङका सबै मतदान केन्द्रमा निर्वाचन अधिकृतलगायतका कर्मचारी पुगिसकेका छन् ।

जिल्लामा १२३ मतदानस्थलमा रहेका १६५ मतदान केन्द्रबाट मतदातालाई परिचयपत्र वितरण भइरहेको छ । परिचयपत्र वितरणसँगै मतदाता शिक्षा पनि दिइएको मतदान अधिकृतहरुले बताएका छन् ।

मतदानसम्बन्धी अन्योल हटाउन मतदाता परिचयपत्र वितरणसँगै शनिबारसम्म मतदाता शिक्षा दिइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

लमजुङमा एक लाख १५ हजार ४४९ मतदाता रहेका छन् । करिब ८० प्रतिशत मतदाता निर्वाचनमा सहभागी हुने अनुमान गरिएको छ ।