Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


उपप्रधानमन्त्री थापासँग आयोगले स्पष्टीकरण माग्यो


0
Shares

निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिले यही मंसिर १० गते प्रथम चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मौनअवधि सुरु भएपछि राप्रपाका अध्यक्ष थापाले निर्वाचन आचारसंहिताविपरीत सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफ्नो पार्टीको पक्षमा मत मागेको थाहा पाएपछि आयोगले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

स्पष्टीकरणको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र राप्रपालाईसमेत दिइएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

नेता थापालाई सोधिएको स्पष्टीकरणमा भनिएको छ–‘प्रथम चरणको निर्वाचनको सन्दर्भमा यही मंसिर ७ गते राति १२ बजेदेखि मौनअवधि सुरु भइसकेको अवस्थामा तपाइँबाट सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफ्नो पार्टीको पक्षमा मत मागेको सूचना आयोगमा प्राप्त हुन आएको छ ।’ रासस