४ असार २०८२, बुधबार | Thu Jun 19 2025


निर्वाचनविरोधी गतिविधि हुन नदिन सुरक्षा निकायलाई प्रमुख आयुक्तको आग्रह


0
Shares

निर्वाचनविरोधी गतिविधि हुन नदिइ जिल्लामा सुरक्षाको पूर्णव्यवस्था गर्न उनले आग्रह गरे ।

पहिलो चरणमा आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन तयारीकाबारेमा जानकारी लिन सेनाको हेलिकोप्टरबाट शुक्रबार रसुवा आइपुगेका यादवले मतदातालाई भयरहित वातावरणमा मतदान गर्ने अवस्था बनाउन सुरक्षा निकायलाई आग्रह गरे ।

मौनअवधिमा राजनीतिक दलले प्रचार–प्रसार गरेको पाइए तत्काल नियन्त्रण गरी कारबाही गर्नसमेत उनले निर्देशन दिए ।

कसैको पनि अनुचित प्रलोभनमा नपरी मतदान गर्न उनले आममतदातालाई अपिल पनि गरे ।