४ असार २०८२, बुधबार | Thu Jun 19 2025


मंसिर १० को निर्वाचनका लागि सबै तयारी पूरा : आयोग


0
Shares

निर्वाचनको सम्पूर्ण वातावरण मिलाइसकिएकाले मतदातालाई ढुक्क भएर निर्वाचनमा सहभागी हुन आयोगले आग्रह गरेको छ ।

मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको हो ।

३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा निर्वाचन कर्मचारीले मतदाता परिचयपत्र वितरण गरिरहेका छन् ।

कतिपय हिमाली दुर्गम क्षेत्रमा हेलिकोप्टरमार्फत् निर्वाचन सामग्री र कर्मचारी पुगिसकेको आयोगले जनाएको छ ।

शनिबारदेखि नै बुथ निर्माण र आवश्यक प्रबन्ध मिलाइने आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

पहिलो चरणको ३२ जिल्लामा हुने निर्वाचनमा ३२ लाख २८ हजार ८७९ मतदाता रहेका छन् । देशैभरि कुल मतदाता भने १ करोड ५४ लाख २७ हजार ७३१ रहेका छन् ।

मतदातालाई ढुक्कसँग निर्वाचनमा मतदान गर्न गृह मन्त्रालयसँग आपसी समन्वय गरेर सुरक्षा व्यवस्था चुस्त पारिएको आयोगको दाबी छ ।

मंसिर २१ गते हुने निर्वाचनको तयारीसमेत तीव्रगतिमा भइरहेको आयोगले बताएको छ । दुई चरणकै निर्वाचनमा गरी ११ हजार २२ उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रदेश र प्रधिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरी ८२५ सदस्य चुनिनेछन् ।

भिडियो हेर्नुहोस्