४ असार २०८२, बुधबार | Thu Jun 19 2025


मतदाताहरु भटाभट गाउँतिर (भिडियो)


0
Shares

३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा बस्ने मतदाताहरु आफ्नो मतबाट मुलुकमा नयाँ परिवर्तन आउने आशा बोकेर गाउँ फर्कन लागेको बताउँछन् ।

काठमाडौंको नयाँ बसपार्क, गौशाला, कोटेश्वर, कलंकी, बल्खुलगायत स्थानमा पुग्दा धेरैलाई काठमाडौं छाड्ने चटारो थियो ।

आफ्नो गाउँ–ठाउँको विकास गर्नेलाई जिताउने आशा बोकेर धेरैजना घर जान हतारमा देखिन्थे ।

आफनो एक मत विकासका लागि निकै महत्वपूर्ण हुने भन्दै उनीहरुले भोट हाल्न आतुर भएको बताए ।

संविधान कार्यान्वयनको अवस्थामा रहेकाले चुनावपछि देश विकास भइ युवा जनशक्ति विदेशिनुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा उनीहरुको छ ।

देशमा शान्ति–सुरक्षा कायम गरी मत हाल्न पाउने नागरिकको नैसर्गिक अधिकार संरक्षण गर्न उनीहरुले सरकारको ध्यानाकर्षण पनि गरेका छन् ।

मत दिन जान थालेका धेरैको चाहना आफ्नो गाउँठाउँको विकास गर्ने प्रतिनिधि छान्ने नै रहेको छ । एक रिपोर्ट (विस्तृत् भिडियोमा हेर्नुहोस्)