
जिल्लामा रहेका स्वास्थ्य संस्थाका सबै कर्मचारी चुनावमा खटिएपछि बिरामी मर्कामा परेका छन् ।
जिल्लाका ६८ वटै स्वास्थ्य संस्थाका ३७५ कर्मचारीमध्ये २ सयभन्दा बढी चुनावमा खटिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीले बताए ।
मूख्य निर्वाचन अधिकृत बिष्णुप्रसाद गौतमले निर्वाचन परिचालनका लागि जरुरी देखिएका कर्मचारी मात्र खटाइएको बताए ।
प्रतिक्रिया दिनुहोस्