२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


पाकिस्तानमा गरिएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि सेना परिचालन


0
Shares

सो कानुनको समर्थन गर्दै आइरहेको इस्लामिक संगठन तहरीक–ए–लब्बैकले विगत २० दिनदेखि पाकिस्तानको इस्लामावादस्थित फैजावादमा प्रदर्शन गर्दै आएको थियो ।

प्रदर्शनका क्रममा धर्नामा रहेका प्रदर्शनकारीलाई सुरक्षाकर्मीले हटाउने क्रममा इस्लामिक प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा १ जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।

झडपका क्रममा सयभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । सो संगठनले बिगत २० दिनदेखि पाकिस्तानका कानुन मन्त्री हमिद हमीदको राजीनामा माग गर्दै प्रदर्शन गर्दै आएकोमा प्रहरीले हस्तक्षेप गरेको थियो ।

प्रहरीले सयौं प्रदर्शनकारीलाई पक्राउसमेत गरेको छ । कानुन मन्त्री जाहिद हमीदले राजीनामा नदिएसम्म प्रदर्शन जारी राख्ने उनीहरुको अडान रहेको छ । सो संगठन सन् २०१५ को अगष्टमा गठन भएको संगठन हो ।

यद्यपी पाकिस्तानको चुनाव आयोगले भने सो संगठन दर्ता गर्न अस्वीकार गर्दै आएको छ ।(एजेन्सी)