
सुर्नया गाउँपालिका वडा नम्बर ८ बाट १ सय १४ वर्षीया बृद्धा पशुपति साउदले मतदान गरेकी हुन् ।
उनले ढोल्या मतदान केन्द्रबाट बिहान साढे सात बजे मतदान गरिन् । यसैगरी सुर्नया गाउँपालिका भूमेश्वर माविबाट ९० वर्षीय गगनसिंह कुँवरले पनि मतदान गरेका छन् ।
यसैगरी म्याग्दीमा एक जना १ सय १२ वर्षे ज्येष्ठ नागरिकले मतदान गरेका छन् ।
रघुगंगा गाउँपालिका–३ ज्ञानोदय मावि मतदान केन्द्रबाट ११२ वर्षीय खड्कबहादुर भण्डारीले मतदान गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्