
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार, दिउँसो १२ः३० बजेसम्ममा औषतमा ४० प्रतिशत मतदान भएको छ भने सबैभन्दा बढी मनाङमा ५० प्रतिशत मतदान भएको निर्बाचन आयोगले जनाएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा ४ हजार ४६५ मतदान केन्द्रहरुमा आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान कार्य जारी रहनेछ ।
बेलुका ५ बजेभित्र मतदान केन्द्रहरुमा प्रवेश गरिसकेका मतदाताहरुले मतदान गर्न पाउने व्यवस्था रहेको छ ।
प्रतिक्रिया दिनुहोस्