४ असार २०८२, बुधबार | Wed Jun 18 2025


निर्वाचन सम्पन्न भइसकेपछि चौबिसै घण्टा मतपेटिकालाई चुस्त सुरक्षा घेरामा राखिन्छ : प्रमुख निर्वाचन आयुक्त


0
Shares

ईमेज च्यानलसँग कुरा गर्दै उनले दुर्गम क्षेत्रबाट हेलिकप्टर प्रयोग गरेर मतपेटिका सदरमुकामसम्म ल्याइने र सदरमुकाममा बलियो सुरक्षा घेराभित्र राखिने बताए ।

नेपाली सेनासहितका सुरक्षाकर्मी र राजनीतिक दलका प्रतिनिधिले चौबीसै घण्टा मतपेटिकाको सुरक्षा गर्ने उनले बताउनुभयो ।

प्रमुख आयुक्त डा. यादवले भने, ‘मुसासमेत छिर्न नसक्ने गरी मतपेटिकाको सुरक्षा गरिनेछ ।’ मत पेटिका कुन कोठामा कसरी राख्ने, उम्मेदवारका प्रतिनिधि कहाँ बस्ने र पर्यवेक्षकहरु कहाँ बस्ने भन्ने निर्धारण भइसकेको पनि उनले बताए ।

पाँच बजे निर्वाचनसम्पन्न भईसकेपछि मतपेटिका सदरमुकाममा ल्याउन सुरक्षासहितको यातायातको व्यवस्था बलियो बनाइएको उनले बताए ।

पहिलो चरणमा निर्वाचन भएका जिल्लाहरुको मतगणना दोस्रो चरणमा निर्वाचन भइसकेपछि मात्र गरिने भएको छ । त्यतिन्जेल मतपेटिकालाई सुरक्षित स्थानमा राखिनेछ ।