४ असार २०८२, बुधबार | Thu Jun 19 2025


बझाङका चार स्थानमा विस्फोट, जिल्लाभर ५२ हजार मत खस्यो


0
Shares

जिल्ला निर्वाचन अधिकारी ध्रुवकुमार भण्डारीका अनुसार विहान जाडोका कारण मतदाताहरु उपस्थिति न्युन भए पनि दिउँसो बढेको छ । उनले जिल्लाका १६० मतदान केन्द्रमा शान्ति पूर्ण वातावरणमा मतदान भइरहेको बताए ।

चार ठाउँमा विस्फोट

बझाङका ४ वटा मतदान केन्द्रमा बम विस्फोट भएको छ । छविस पाथीभेरा गाउँपालिका–४ मा रहेको जनता आधारभुत विद्यालय बागमाडु मतदान केन्द्रभन्दा ४ सय मिटर पर अज्ञात समूहले बम विष्फोट गराएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

यस्तै छविस पाथीभेरा गाउँपालिका–५ थलारा निमावि ब्यासीको मतदान केन्द्रभन्दा १ किलोमिटर टाढा पर्ने जंगलमा पनि बम विष्फोट भएको छ ।

सदरमुकाम चैनपुर बजार नजिकै रहेको संग्राम सार्दुल गुल्मभन्दा करीब १ सय मिटर नजिकै सत्यवादी उमावि मतदान केन्द्र नजिकैको सडकमा टाईम बम फेला परेको छ । उक्त बम प्रहरी र नेपाली सेनाको टोलीले निष्कृय गराएको छ । बम नजिकै विप्लव समूहको पर्चा फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै बुंगल नगरपालिका कन्या मावि बटुलसेरामा रहेको मतदान केन्द्र नजिकै बम विष्फोट भएको छ ।

यी विस्फोटबाट कुनै पनि क्षति नभएको प्रहरी नायव उपरीक्षक ऋषिराम कँडेलले बताए ।