४ असार २०८२, बुधबार | Wed Jun 18 2025


खोटाङमा साढे तीनबजे ३५ प्रतिशत मतदान


0
Shares

जिल्लाका १३६ मतदान स्थल १७९ मतदान केन्द्रमा बिहानदेखि शान्तिपूर्ण एवं उत्साहजनकरुपमा वातावरणमा मतदान भइरहेको निर्वाचन अधिकारी खत्रीले जानकारी दिए ।

जिल्लाका १ लाख २५ हजार १ सय ८३ मतदाता प्रदेशसभा र प्रतिनिधिसभा सदस्य अन्तर्गतको पहिलो चरणको मतदानमा सहभागी हुँदैछन् । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि सुरक्षार्थ २ हजार ५ सय ८७ सुरक्षाकर्मी खटाइएका छन् । मतदान स्थलमा १ हजार ४३२ कर्मचारी परिचालन भएका छन् ।

पर्याप्त सुरक्षा प्रवन्धकाबीचमा निर्वाचन भइरहेको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए । कूल १ लाख २५ हजार १ सय ८३ मतदाता रहेको जिल्लामा ७५ प्रतिशत बढी मत खस्ने अनुमान गरिएको छ । प्रतिनिधिसभाका लागि एक र प्रदेशसभा सदस्यका लागि दुइ क्षेत्र रहेको जिल्लामा जम्मा १९ जना उम्मेदवार चुनावी मैदान उत्रिएका छन् ।