४ असार २०८२, बुधबार | Wed Jun 18 2025


मतपेटिका आजसम्ममा संकलन भइसक्ने, दुर्गम क्षेत्रका मतपेटिका हेलिकप्टरले ओसार्ने


0
Shares

हिजो(आइतबार) ढुवानी गर्न नसकिएका कतिपय दुर्गम केन्द्रमा मतपेटिका संकलन गर्न हेलिकप्टर नै पठाइने निर्वाचन आयोगले जनाएको छ ।

नजिकैका मतदान केन्द्रबाट मतपेटिका हिजै जिल्ला सदरमुकामसम्म ल्याइसकिए पनि टाढाका केन्द्रका मतपेटिका भने ल्याउन बाँकी थियो ।

मतपेटिका प्रमुख निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको प्रत्यक्ष निगरानी र दलका प्रतिनिधिसमेतको उपस्थितिमा राखिने आयोगले प्रष्ट गरेको छ ।

मतपेटिकामा निर्वाचन आयोगको सिलबन्दी रहनेछ । केही जिल्लामा मतपत्रको सुरक्षाका लागि सिसिटिभीसमेत राख्ने व्यवस्था गरिएको छ ।

हिजो मतदान भएका ३२ जिल्लाका ३७ क्षेत्रको मतगणना पनि मंसीर २१ गते दोस्रो चरणको मतदान सकिएपछि मात्र गरिने भएकाले मतपेटिकाको बलियो सुरक्षा प्रत्याभूति सबैले खोजेका छन् ।