
१ सय १७ मतदान स्थलअन्तर्गत १ सय ५३ मतदान केन्द्रको लागि १ हजार ८ सय ३६ कर्मचारी खटाउन लागिएको हो ।
यो संख्या सुरक्षाकर्मी बाहेकको हो । कार्यालयले प्रत्येक मतदान केन्द्रमा एक एक मतदान अधिकृत र सहायक मतदान अधिकृत, ६ सय १२ सहायक कर्मचारी र ३ सय ६ कार्यालय सहयोगी खटाउन लागेको हो ।
त्यस्तै स्थानीय कर्मचारी स्वयंसेवकको रुपमा प्रतिमतदान केन्द्रमा चार जनाको दरले ६ सय १२ कर्मचारी थपिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख केवलप्रसाद रेग्मीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्