
काठमाडौं, असार १५ । नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक जलाशययुक्त आयोजनासँग पीपीए गरेको छ ।
प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए)मा हस्ताक्षर भएको हो ।
प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनाको प्रवद्र्धक कम्पनीका तर्फबाट प्रबन्ध–सन्चालक प्रदीपकुमार थिकेले शुक्रबार जलाशययुक्त आयोजनाको पहिलो पीपीएकारुपमा आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
समझदारीअनुसार आयोजनाले वि.सं. २०८० चैत ३० भित्र व्यापारिक उत्पादन सुरु गर्नुपर्नेछ ।
प्राधिकरणले आयोजनाबाट उत्पादित ऊर्जा सुक्खायाम (१६ मंसिरदेखि १५ जेठ)मा १२ रुपैयाँ ४० पैसा र वर्षायाम (१६ जेठदेखि १५ मंसिर) सम्मका लागि प्रतियुनिट ६ रुपैयाँ ८ पैसामा खरिद गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्