
नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन र नेकपा एमाले–माओवादी केन्द्रको वाम गठबन्धनबीचमै चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।
कुल १ लाख ९३ हजार ९१८ मतदाता रहेको उदयपुरमा दुई प्रतिनिधिसभा सदस्यका लागि १८ जना र ४ प्रदेशसभा सदस्यका लागि एकजना स्वतन्त्रसहित २८ जना उम्मेदवारहरु प्रतिस्पर्धामा छन् ।
स्थानीय तहको निर्वाचनमा १ लाख ७५ हजार ४६५ मतदाता रहेको उदयपुरका पछिल्लोपटक १८ हजार ५ सय ५३ मतदाता थपिएका हुन् ।
निर्वाचन कार्यालय उदयपुरले मतदाता शिक्षा प्रभावकारी बनाइएको भनेपनि फितलो र कमजोर रहेको गुनासो स्थानीयको छ ।
उदयपुरका ६ ओटा मतदानस्थललाई अतिसंवेदनशील, ५० ओटालाई संवेदनशील र ४२ ओटा मतदानस्थललाई सामान्यकारुपमा वर्गीकरण गरिएको छ ।
मतदानस्थलमा खटिने अधिकृत र सहायक अधिकृतलाई तालिम दिइएको जिल्ला निर्वाचन कार्यालय उदयपुरका सूचना अधिकृत अर्जुन खड्काले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्