
आइतबार साँझ ६ बजेदेखि सोमबार बिहान ३ बजेसम्ममा सबै मतपेटिका सदरमुकाम ल्याइएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए ।
जिल्लाका १६५ मतदान केन्द्रका ४९५ मतपेटिका जिल्ला समन्वय समितिको सभाहलमा राखिएको छ । मतपेटिका र अरु सामग्रीहरु सीसी क्यामराको निगरानीमा राखिएको छ ।
मतगणना नहुँदासम्म मतपेटिकालगायतका सामग्रीको सुरक्षा जनपथ र सशस्त्र प्रहरीले गर्नेछन् ।
मुख्य निर्वाचन अधिकृत आचार्यले प्रहरीसँगै राजनीतिक दलका प्रतिनिधिहरु पनि सँगै रहने व्यवस्था मिलाइएको जानकारी दिए ।
सोमबार बिहान बसेको मुख्य निर्वाचन अधिकृत, राजनीतिक दल, उम्मेदवार, सुरक्षा निकायसहितको सर्वपक्षीय बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकका मतपेटिका छुट्टा–छुट्टै स्थानमा राख्ने निर्णय गरेको थियो ।
एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा लमजुङमा ६७ प्रतिशत मत खसेको छ ।
एक लाख १५ हजार ४४९ मतदाता रहेकामा ७७ हजार ३४० मत खसेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्