३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


लाङटाङबाट हेलिकोप्टरमार्फत् मतपेटिका ल्याइयो


0
Shares

सदरमुकामबाट करिब दुई दिनको पैदलयात्रापछि पुग्न सकिने लाङटाङबाट सोमबार बिहान साढे ८ बजे मतपेटिका सदरमुकाम ल्याइएको हो ।

४५ ओटा मतदान केन्द्र रहेको रसुवामा ४४ ओटा मतदान केन्द्रबाट आइतबार राति नै मतपेटिका संकलन गरेर सदरमुकाम ल्याइएको थियो ।

नजिक रहेको मतदान केन्द्रबाट मतदान सकिएलगत्तै मुचुल्का गरेर मतपेटिका ल्याइएको भएपनि सडक नपुगेको क्षेत्रबाट भने ढिलोगरी मतपेटिका सदरमुकाम ल्याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयमा आइपुगेका सबै मतपेटिका बुझी ‘सिल’ लगाइ सुरक्षितसाथ राखिएको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले जानकारी दिए ।