
काठमाडौं, असार १५ । हालसम्म आवास निर्माणकर्ता कम्पनीहरुमार्फत् काठमाडौं उपत्यकामा ८२ अर्ब ८७ करोड रुपैयाँ बराबरका कुल ५ हजार ४१९ आवास इकाइहरु निर्माण भएको देखिएको छ ।
नेपाली रियल इस्टेट क्षेत्रमा विगत एक दशकदेखि सक्रिय कम्पनी वृहत् ग्रुपले काठमाडौं उपत्यकाको हाउजिङ बजारका सम्बन्धमा गरेको अध्ययन प्रतिवेदन ‘आउटलुक अफ हाउजिङ मार्केट अफ काठमाडौं २०१८–२०१९’ मा उक्त तथ्यांक उजागर गरेको हो ।
यसअनुसार हाल १०९० इकाइमात्र बिक्री हुन बाँकी देखिएको छ । यसमध्ये ५४१ इकाइ छुट्टाछुट्टै घर हुन् भने बाँकी अपार्टमेन्ट हुन् ।
सरदर महिनामा कुल इकाइको ३.१ प्रतिशत इकाइ बिक्री भएको अध्ययनबाट देखिएको छ ।
यस दृष्टिले अब कुनै नयाँ आवास परियोजना नआए बाँकी आवास इकाइ अबको ६ देखि ७ महिनाका लागिमात्र पुग्ने देखिएको पनि प्रतिवेदनमा जनाइएको छ ।
अनुसन्धान प्रतिवेदनका अध्येता डा. सोपोनले खेतीयोग्य जमिनलाई सहरी प्रयोजनमा बदलेर प्रयोग गर्दा उच्च कर लगाउनुपर्ने, सहरी क्षेत्रमा खाली राखिने वा राखिएका जग्गामा अधिक कर लगाउपर्ने, तर सहरी क्षेत्रमा विकास गरिने ‘हाइराइज’लाई कर मिनाहा गरिनुपर्ने, ‘लो–कस्ट टर्न–की हाउजिङ’लाई प्रवद्र्धन गरिनुपर्नेलगायत सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्