Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


६ जिल्लाका ७१ मतदानस्थलका मतपेटिका सदरमुकाममा ल्याइँदै


0
Shares

अहिलेसम्म २६ जिल्लाका सबै मतपेटिका जिल्ला सदरमुकाममा संकलन भइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सन्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारीअनुसार कुल दुई हजार ९१७ मतदानस्थलमध्ये अब संखुवासभाका ९, भोजपुरका ६, डोल्पाका २०, मुगुका १०, जाजरकोटका २५ र दार्चुलाका एक स्थलको मतपेटिका सदरमुकाममा संकलन हुनेक्रममा रहेका छन् ।

६ ओटै जिल्लाका बाँकी मतपेटिकालाई पैदलमार्ग, सडकमार्ग र हवाईमार्गबाट ल्याउने काम भइरहेको आयोगले जनाएको छ । रासस