
काठमाडौं, असार १५ । शुक्रबार सुनको मूल्यमा सामान्य कमी आयो ।
अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले कमी आएर तोलाको ५७ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य बिहीबार तोलामा २०० ले वृद्धि भएर तोलाको ५७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको भाउ भने तोलाको ७६५ रुपैयाँमै स्थीर रह्यो ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस १२ सय ५२ डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्