Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


मतपेटिका रुँग्दै उमेद्वारका प्रतिनिधि, २४ सै घण्टा सुरक्षाकर्मी पनि सँगै


0
Shares

निर्वाचन आयोगले मंसिर २१ गते दोस्रो चरणअन्तर्गतको निर्वाचनपछि मात्रै मतगणना गर्ने निर्णय गरेपछि संकलित मतपेटिका रुँग्न सुरक्षाकर्मीसँगै उम्मेदवारका प्रतिनिधिहरु पनि खटिएका हुन् ।

निर्वाचन भएको लामो समयसम्म मतपेटिकाहरु प्रशासनको जिम्मामा छाड्नु पर्दा मत पेटिका साटिन सक्ने सम्भावना रहेको भन्दै उम्मेदवारहरुले आफ्ना प्रतिनिधिलाई पनि मतपेटिका सील गरेर राखेको ठाउँमा २४ सै घण्टा खटाएका हुन् ।

जिल्लाका सबै मतदान केन्द्रका मतपेटिका संकलन भइसकेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक राखेर सबै मतपेटिकालाई एउटै भवनका छुट्टाछुट्टै कोठामा राख्ने निर्णय गरेको थियो ।