२ असार २०८२, सोमबार | Tue Jun 17 2025


सबै मतपेटिका सदरमुकाममा संकलन : आयोग


0
Shares

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारीअनुसार कूल दुई हजार ९१७ मतदानस्थलका सबै मतपेटिका आज सम्बन्धित जिल्लाको सदरमुकाममा पुर्‍याएको छ ।

डोल्पाका से–फोक्सुण्डो र थार्का ताङसोङ्का मतदानस्थलका मतपेटिका आज हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको हो । दोस्रो चरणमा मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपछि मतगणना कार्य शुरु हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । (रासस)