
धनकुटाका ११७ मतदानस्थलअन्तर्गतका १५३ मतदान केन्द्रमा खटिने १५३ मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिन थालिएको हो ।
निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण गराउने उद्देश्यले तालिम दिइएको निर्वाचन कार्यलयका सूचना अधिकृत केशव पौडेलले जानकारी दिए ।
१ लाख ५ हजार १८८ मतदाता रहेको धनकुटामा अधिकृत र सहायक अधिकृतसहित १ हजार ८३६ कर्मचारी खटिनेछन् ।
प्रतिक्रिया दिनुहोस्