३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


मतपेटिका राखिएको ठाउँमा दलहरुको पनि ताला


0
Shares

मुख्य निर्वाचन अधिकृतको कार्यालयलेमात्रै ताला लगाएकामा बिहीबार वाम गठबन्धन, लोकतान्त्रिक गठबन्धन र नेकपा मालेले एक/एकओटा ताला थपेका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले भवनबाहिर सीसी क्यामरा पनि थपेको छ ।

सुरक्षा व्यवस्था बलियो बनाउन भवनको चारैतिर नेपाली सेनासहित सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । दलका प्रतिनिधिका लागि भवनको दुवैतिर बस्ने व्यवस्था मिलाइएको छ ।

भवन अघिल्तिरको बाटोमा प्रवेश पास पाएकाबाहेकलाई निषेध गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

भवनको सबै झ्यालमा प्लाइबोर्डको पाता ठोकी मतपेटिका बाहिरबाट देख्न नसकिने बनाइएको छ ।